घरदेशको झल्को मेट्न अष्ट्रेलियामा ‘परदेशी तिज धमाका’ कार्यक्रम हुँदै-Sutra News

घरदेशको झल्को मेट्न अष्ट्रेलियामा ‘परदेशी तिज धमाका’ कार्यक्रम हुँदै

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

अष्ट्रेलिया- अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘परदेशी तिज धमाका २०२१’ कार्यक्रम हुने भएको छ । हिन्दु नारीहरुको महानचाड तिजको अवसर पारेर ‘परदेशी इभेन्ट्स’ ले ‘परदेशी तिज धमाका-२०२१’ कार्यक्रम आयोजना गर्न लागेको हो ।



कोरोना कहरमा घरमै बसेर तिजको रहर मार्न नपरोस् भन्ने उदेश्यले कार्यक्रम गर्न लागिएकाे आयोजकले बताएको छ । सबै दिदी-बहिनिहरु एकै ठाउँमा बसेर तिज मनाउने अवसर यस कार्यक्रमले प्रदान गर्ने विश्वास परदेशी इभेन्ट्सले लिएको छ ।

परदेशमा पनि घरदेशको झल्को मेट्न सकिन्छ भन्ने अभिप्रायले परदेशी इभेन्ट्सले आफ्नो पहिलो कार्यक्रमलाई तिज विशेष बनाएको हो ।सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजन तथा राइट्स एण्ड एसोसियट्सको सह–प्रायोजन रहेको कार्यक्रमलाई हिमालयन बुचर एण्ड ग्रोसर्स, जेबी एजुकेशन एण्ड माइग्रेसन, कोकुन एजुकेशन, नर्स एड, ट्रेडिसनल कर्भस, एस एण्ड एस एकाउन्टिङ एण्ड विजनेश सर्भिसेज लगायतले सहयोग गरेका छन् ।

साउण्ड पार्टनरको रूपमा काठमाडौं साउण्ड एण्ड लाइट्स रहेको कार्यक्रमको मिडिया पार्टनरमा सूत्रन्युज र मेरो कपुरी क रहेको छ । त्यस्तै ब्यूटी पार्टनरमा काठमाडौं ब्यूटी एण्ड सलोन रहेको छ । क्यानबेराका लोकप्रिय डिजे सन्दिप न्यौपाने उर्फ डिजे मन्त्र अफिसियल डिजे रहेको कार्यक्रममा तिज गीत सहित क्यानवेराका लोकप्रिय नेपाली कलाकारहरुले प्रत्यक्ष लोक दोहोरी प्रस्तुत गर्नेछन् । कार्यक्रम २८ अगष्ट शनिबार बेलुका ५ बजेदेखि लेकसाइड रेस्ट्रो किङ्स्टनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट