लुम्बिनी अपडेट – प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित-Sutra News

लुम्बिनी अपडेट – प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्तर्गत बसेको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।



मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको बैठक पौने तीन बजे बस्ने गरी स्थगित भएको हो ।

पहिलो बैठक बस्नुअघि नै पोखरेलले प्रदेशप्रमुख अमिक शेरचनसमक्ष राजीनाम दिइसकेका छन् ।

पोखरेलको राजीनामा आइसकेको भएपनि प्रदेश सभालाई सूचना नआइसकेका कारण प्रदेश सभा बैठकमा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

सत्तापक्षीय सांसदहरूले भने बैठक बहिष्कार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट