विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले गरे पदबहाली-Sutra News

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले गरे पदबहाली

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।  



घिसिङले  प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर पदबहाली गरेका हुन् ।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि नियुक्ति गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने र शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको थियो ।

विशिष्ठ श्रेणीको व्यक्तिका लागि आर्थिक दायित्व पर्ने भएकाले अर्थमन्त्रालयबाट स्वीकृति लिनुपर्ने भएकाले नियुक्तिका विषयमा सार्वजनिक गरिएको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट