काठमाडौँ उपत्यका ‘रेड जोन’ मा भएको निष्कर्ष, जुनसुकै बेला कडा लकडाउन हुन सक्ने-Sutra News

काठमाडौँ उपत्यका ‘रेड जोन’ मा भएको निष्कर्ष, जुनसुकै बेला कडा लकडाउन हुन सक्ने

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौँ । निषेधाज्ञा खुकुलो भएपछि काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएको छ ।



काठमाडौँमा कोरोना संक्रमण बढ्दै छ भन्ने कुराको उदाहरण हिजोको तथ्याकंले देखाएको छ । काठमाडौँ उपत्यकामा मात्र हिजो करिब ११ सय जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यका कोरोना महामारीको ‘रेडजाेन’मै रहेको बताएका छन् । 

उपत्यका रेड जोनमा नै रहेको र जुनसुकै बेला पनि लकडाउन हुन् सक्ने अधिकारीहरुले बताउँदै आएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट