पुनःनियुक्ति हुँदैमा कुलमानको उचाइ बढ्दैन – मणि थापा-Sutra News

पुनःनियुक्ति हुँदैमा कुलमानको उचाइ बढ्दैन – मणि थापा

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

एमालेमा प्रवेश गरेका पूर्व माओवादी नेता मणि थापाले कुलमान घिसिङका बारेमा टिप्पणी गर्दै विद्युत प्राधिकरणमा पुनःनियुक्त हुँदैमा उचाइ नबढ्ने दाबी गरेका छन् ।



बुधवार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनको नियुक्ति राजनीतिक एजेण्डा मात्र रहेको बताए ।

‘कुलमान घिसिङ सफल व्यक्ति हुन,’ उनले लेखेका छन्, ‘तर उनको पुनःनियुक्ति राजनीतिक एजेन्डा हो । मेरो विचारमा कुलमानको उचाइ यो नियुक्तले वढाउँदैन ।’

कुलमानलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले चार वर्षका लागि विद्युत प्राधिकरणमा नियुक्त गरेको हो ।

उनले आजै प्राधिकरण पुगेर कार्यभार सम्हालिसकेका छन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुनःनियुक्ति दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट