सत्ताच्यूत हुने पक्का भएपछि हतारमा बैठक डाकेर ‘फुर्सदका निर्णय’ गरेका थिए मुख्यमन्त्री पोखरेलले-Sutra News

सत्ताच्यूत हुने पक्का भएपछि हतारमा बैठक डाकेर ‘फुर्सदका निर्णय’ गरेका थिए मुख्यमन्त्री पोखरेलले

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

सत्ताच्युत हुने पक्का भएपछि हतारमा मन्त्रिपरिषद्को बैठक डाकेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भटाभट दीर्घकालीन निर्णय गराएको खुलेको छ । केहि महत्वपूर्ण निर्णय गरेलगत्तै उनले राजीनामा दिएका थिए ।



राजीनामा दिनु केही घण्टा अघि मन्त्रिपरिषद बैठक राखेर पोखरेलले महत्वपूर्ण निर्णय गरेको स्रोतले बताएको छ । पोखरेलले आफू नेतृत्वको सरकार ढल्ने पक्का भएपछि दुरगामी प्रभाव राख्ने निर्णय गरेका छन् ।

हतारमा बोलाइएको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई पदबाट हटाएको छ । खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सरुवा गर्दै डा. ईन्द्र ढकाललाई प्रादेशिक अस्पतालको मेसुमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहान बसेको मन्त्रिपरिषद बैठकले उद्योग दर्ताका लागि पूर्ण छुट दिने निर्णय गरेको छ । त्यस्तै बैठकले आसुलेन अस्पतालको अस्थायी दरवन्दी स्वीकृत गर्ने तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन तथा जोखिम भत्ता प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

त्यतिमात्र होइन मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद परिषदको सदस्य मनोनयन र प्रादेशिक अस्पतालका मेसु परिवर्तन समेत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्नुका साथै उद्योग मन्त्रालयको सेवा तथा दस्तुरको शुल्कमा दररेट पनि स्वीकृत प्रदान गरेको सरकारका मन्त्री चौधरीले बताए ।


 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट