काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति तिखो प्रहार गरेका छन् ।
बुधबार सामाजीक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘ओली प्रवृत्ति एउटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रका निम्ति खतरा र साझा मुद्दा हो। यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो।’
त्यस्तै उनले ओलीप्रवृत्ति कहिल्यै पनि नसुध्रिने उल्लेख गरेका छन् । उनले लेखेका छन् , ‘यो सच्चिन्छ/सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो।सबैको चेत खुलोस!’
ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो।यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो।यो सच्चिन्छ/सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो।सबैको चेत खुलोस!
— Baburam Bhattarai (@brb1954) August 11, 2021