बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छुः नेता थापा-Sutra News

बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छुः नेता थापा

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गरेका छन् । थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गरेका हुन् ।



मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए ।

उनले तत्काल नदी तटबन्ध गर्ने, पुल निर्माण गर्ने, टुटेका सडक सञ्जाल निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो । उनले भ्रेमाथाङको पहिराको अध्ययन भइरहेको बताउँदै केही दिनमै त्यसको जानकारी आउने समेत बताए ।

अघिल्लो सरकारले घोषणा गरेको तत्कालका लागि रु ५० हजार र घर बनाउन दिइने रु पाँच लाख पीडितले कहिले पाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वमन्त्रीसमेत रहेका थापाले त्यो छिट्टै नै कार्यान्वयन भएर आउने दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट