लुम्बिनी प्रदेश- काँग्रेस र माओवादीबीच आलोपालो गरेर सरकार चलाउने सहमति-Sutra News

लुम्बिनी प्रदेश- काँग्रेस र माओवादीबीच आलोपालो गरेर सरकार चलाउने सहमति

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् ।



लुम्बिनी सरकार चलाउन माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति गरेका छन् । १६ महिनाको अवधिमा काँग्रेसले ८ र माओवादीले ८ महिना सरकार चलाउने सहमति गरेको बताइएको छ ।

८० सदस्यीय प्रदेशसभा भएको लुम्बिनीमा एमाले एक्लैको सांसद संख्या जम्मा ३८ रहेको छ । त्यस्तै माओवादी केन्द्रका १९, कांग्रेसका १९, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका छन् ।

लुम्बिनीमा सरकार बनाउन ४१ सांसद चाहिन्छ । अहिले विपक्षी गठबन्धन एक भएको अवस्थामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सोझै पारित हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट