काठमाडौं- नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले हदबन्दीभन्दा बढीको जग्गा राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा उनले हदबन्दीभन्दा बढीको जग्गा राख्नेलाई निरुत्साहित गर्दै ढीको जग्गा राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने बताए ।
उनले औधोगिक क्षेत्रका लागि भन्दै बढि जग्गा राख्ने र पछि भूमाफियाले चलखेल गर्ने गरेको बताए । जग्गा सट्टापट्टाका लागि लाखौको चलखेल हुनेगरेको उनले बताए । उनले झापाको गिरी बन्धु टि स्टेटलाई ओली सरकारले सट्टापट्टाका लािग अनुमति दिएको भन्दै आपत्ति जनाए ।
देवले १६९ वटा कम्पनीले हदवन्दीभन्दा बढि जग्गा राखेको भन्दै राज्यले कानुनअनुसार कारवाही गर्नुपर्ने धारणा राखे ।