काठमाडौं- भरतपुर महानगरपालिकाले महानगरक्षेत्रका पाँचवटा विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ ।
महानगरक्षेत्रका सामुदायिक विद्यालयहरु नारायणी नमुना, कविलास, भीमनगर, प्रभात, र लक्ष्मी माध्यमिक विद्यालयलाई एक/एकवटाका दरले स्कुल बस हस्तान्तरण गरिएको मेयर रेनु दाहालले जानकारी दिइन् ।
घर र विद्यालयको दूरी धेरै हुँदा घरको काम सघाएर विद्यालय पढ्न आउने छात्रा तथा छात्रलाई सहज हुने उद्देश्यले बस हस्तान्तरण गरिएको मेयर दाहालले बताइन् ।
‘सामुदायिक विद्यालयहरुलाई सुविधासम्पन्न बनाई शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थीलाई विद्यालयसम्म सहज पहुँचका लागि हाम्रो कामले महत्वपूर्ण भुमिका प्रदान गर्नेछ,’ उनको भनाइ छ ।