काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निजी निवासमा आज दिउँसो २ बजेपछि बस्ने बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यताको अनुमोदनलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यसमिति सदस्य डा.डिला संग्रौलाले जानकारी दिइन् ।
बैठकले महाधिवेशनको नयाँ कार्यतालिकाबारे निर्णय गर्ने उनले बताइन् । यसअघि हिजो राति अबेरसम्म शीर्ष नेताहरूले यसबारे छलफल गरेका थिए ।
सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिकलकण्ठमा आयोजित छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीहरू डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायत सहभागी थिए ।
उक्त बैठकले महाधिवेशनको नयाँ कार्यतालिका तय गरेको र त्यसलाई केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गराउने तयारी रहेको नेताहरूले बताएका छन् ।