काठमाडौं- इङ्ग्लिस क्लब चेल्सीले युईएफए सुपर कप फुटबलको उपाधि जितेको छ ।
आयरल्यान्डमा गएराति भएको ४६ औँ संस्करणको फाइनलमा स्पेनिस क्लब भियारियललाई सडेन डेथमा पराजति गर्दै चेल्सीले युईएफए सुपर कपको उपाधि हात पारेको हो ।
निर्धारित समय र अतिरिक्त समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि अन्तिम परिणामका लागि पेनाल्टी सुटआउट हुँदै सडेन डेथसम्म नै कुर्नुपरेको थियो ।
२७औँ मिनेटमा चेल्सीका हाकिम जियाचले गोल गरेका थिए । तर, ७३औँ मिनेटमा भियारियल जेरार्ड मोरेनोले बराबरी गोल फर्काए ।
चेल्सिले यसअघि सन् १९९८ मा पनि सुपरकपको उपाधि जितेको थियो । च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले सुपर लिग खेल्छन् ।
चेल्सीले गत सिजनको च्याम्पियन्स लिग जितेको थियो भने भियारियल युरोपा लिग च्याम्पियन हो ।