sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

मैले प्रचार नगरेर मात्र हो, लोडसेडिङ हटाएको मैले हो – रायमाझी [अन्तर्वार्ता]

मैले प्रचार नगरेर मात्र हो, लोडसेडिङ हटाएको मैले हो – रायमाझी [अन्तर्वार्ता]

सूत्र न्यूज

२८ श्रावण २०७८
  • 2.0K
    SHARES
  • मैले प्रचार नगरेर मात्र हो, लोडसेडिङ हटाएको मैले हो – रायमाझी [अन्तर्वार्ता]

    नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेपालको लोडसेडिङ हटाउन आफ्नो मुख्य योगदान रहेको दाबी गरेका छन् ।

    images

    सूत्रन्यूजसँगको अन्तर्वार्तामा आफूले नेपालको लोडसेडिङ अन्त्य गराएको दाबी रायमाझीले गरेका हुन् ।

    रायमाझीले भने, 'मैले प्रचार नगरेर हो, नेपालको लोडसेडिङ अन्त्य गराउन मेरो मुख्य भूमिका छ ।'

    उनले आफू ऊर्जामन्त्री रहँदा नै कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन भूमिका खेलेको उनले दाबी गरे ।

    'कुलमान घिसिङलाई मैले ल्याउनका लागि तीन महिनासम्म इभ्यालुएसन गराएँ,' रायमाझीले भने, 'उहाँलाई पास गराएर, विद्युत प्राधिकरणको एमडी बनाउन मैले भूमिका खेलेको हुँ । ९९ बुँदे मास्टर प्लान बनाउँदा उहाँलाई मैले सदस्य बनाएको हुँ ।'

    उनले आफूले गरेको इभालुएसनका आधारमा कुलमान एमडी भएको बताए । 'उहाँले राम्रो काम गर्नुभएको हो,' रायमाझीले भने, '४ वर्षे कार्यकाल पूरा गरेर उहाँ जानुभएको हो । त्यसपछिको नेतृत्व लिन हितेन्द्रदेश शाक्य तयार भएर बस्नुभएको हो । अहिले पुनः उहाँलाई विद्युत प्राधिकरणमा ल्याउने काम राजनीतिक कदम मात्र हो,' रायमाझीले भने ।

     अहिलेका नेतामध्ये ओली सबैभन्दा उत्कृष्ट – टोपबहादुर रायमाझी   अहिलेका नेतामध्ये ओली सबैभन्दा उत्कृष्ट – टोपबहादुर रायमाझी  

     

    रायमाझी केपी शर्मा ओलीको पहिलो र पछिल्लो दुवै सरकारका ऊर्जामन्त्री रहिसकेका छन् । उनको पालामा १८ घण्टासम्म देशमा लोडसेडिङ हुने गर्दथ्यो । 

    उनले मन्त्रालय छोडेपछि तत्कालीन पुष्पकमल दाहाल 'प्रचण्ड'को सरकारमा जनार्दन शर्मा ऊर्जामन्त्री बने । शर्माले कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्तिको सिफारिस गरेका थिए । 

    घिसिङ प्राधिकरणमा आएको ३ महिनापछि देश लोडसेडिङमुक्त भएको थियो । 

    टोपबहादुर भन्छन् - प्रचण्ड ओरालो लागेपछि हामीले माओवादी छोडेका हौँ [अन्तर्वार्ता] टोपबहादुर भन्छन् - प्रचण्ड ओरालो लागेपछि हामीले माओवादी छोडेका हौँ [अन्तर्वार्ता]  

     

    हेर्नुहोस् रायमाझीसँग गरिएको भिडियो अन्तर्वार्ताको पूर्ण अंश -


    प्रकाशित :श्रावण २८, २०७८ बिहिवार - ११:०४:०१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.