एमाले विवादका विषयमा आज केशव बडालले सम्बोधन गर्दै-Sutra News

एमाले विवादका विषयमा आज केशव बडालले सम्बोधन गर्दै

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

काठमाडौँ । नेकपा एमालेको विवादका विषयमा आज  एमालेका नेता केशव बडालले बोल्ने भएका छन् ।



बिहीबार रिपोर्टर्स क्लव नेपालमा आयोजना गरिएको एक कार्यक्रममा नेता बडालले एमाले विवादका बारेमा सम्बोधन गर्ने भएका हुन् ।

नेता बडाल पार्टी अध्यक्ष कपे शर्मा ओली पक्षका नेता मानिन्छन् ।

कार्यक्रम २ बजेदेखि संचालन हुनेछ ।

पछिल्लो समय पार्टी अध्यक्ष ओली र पार्टीका अर्का नेता माधवकुमार नेपालको अडानका कारण एमाले एकता अगाडी बढ्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट