काठमाडौं- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार साँझ एक समारोहका बीच केसीलाई सपथग्रहण गराएका हुन् ।
माओवादी संसदीय दलका नेता समेत रहेका केसी कांग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई प्रदेशसभाका ४२ जना सदस्यहरुले समर्थन गरेका छन् ।