लुम्बिनी प्रदेश: नयाँ मन्त्रीहरूले लिए सपथ-Sutra News

लुम्बिनी प्रदेश: नयाँ मन्त्रीहरूले लिए सपथ

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलबहादुर केसीको शपथसँगै नवनियुक्त ६ जना मन्त्रीहरूलाई पनि प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।



बिहीबार साँझ डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकासमन्त्रीको शपथ लिएका छन् भने कृष्णध्वज खड्काले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन् ।

सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय पाएका छन् भने अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले भने विनाविभागीय मन्त्रालय पाएका छन् ।

कांग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री बनेका हुन् ।

त्यस्तै, जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बनेका छन् । स्वतन्त्र सांसद अजय शाही पनि मन्त्रीको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट