ज्यानसम्बन्धी कसुरका अभियुक्त १६ वर्षपछि पक्राउ-Sutra News

ज्यानसम्बन्धी कसुरका अभियुक्त १६ वर्षपछि पक्राउ

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

काठमाडौं- ज्यानसम्बन्धी कसुरका अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।



पक्राउपर्नेमा रामेछापको खाँडादेवी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने शिवजी खत्री छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवीको टोलीले) सोही ठाउँबाट पक्राउ गरी आज थप कारवाहीका लागि मानगरीय प्रहरीवृत्त कालिमाटीलाई बुझाएको छ ।

उनीमाथि विसं २०६२ मा भगवती लामालाई काठमाडौँको कलङ्कीस्थित आफ्नै डेरा शरीरमा आगो लगाएर मारेको आरोप छ ।

जलेको अवस्थामा फेला परेकी लामाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सोही समयदेखि खत्री फरार हुँदै आएका थिए ।

फरार व्यक्ति खोजी गर्ने क्रममा उनलाई ब्युरोको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक शमकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट