काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बुढानिलकण्ठमा बोलाइएको बैठक केहीबेरमा बस्दैछ ।
पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।
पार्टीका नेता रामचन्द्र पौडेल र देउवाबीच महाधिवेशन सार्ने या नसर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । तर अहिलेसम्मको तयारी हेर्दा काँग्रेसको महाधिवेशन समयमा नै नहुने निश्चित जस्तै भइसकेको छ ।
समयमा नै महाधिवेशन हुन नसके देउवालाई सभापाति मान्न नसकिने पौडेल पक्षले बताउँदै आएको छ ।
आगामी भदौ २३ गते पार्टीको महाधिवेशन हुन सकेन भने पार्टीको वैधानिकता के होला भन्ने विषयमा प् अनि यतिबेला प्रश्न उठिरहेको छ ।