देउवालाई शेखरको प्रश्न- यस्तो सरकारले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ ?-Sutra News

देउवालाई शेखरको प्रश्न- यस्तो सरकारले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ ?

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्दा पार्टीभित्रकै नेताहरुले प्रश्न उठाएका छन् ।



बूढानिलकण्ठमा शुक्रबार जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई विभिन्न प्रश्न राखेका हुन् ।

जारी बैठकमा उनले भने, ‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो। १५ मन्त्रालय नेतृत्वविहीन छ। यस्तो अवस्थाले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ?’

कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।

बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए । अन्य नौ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट