काठमाडौँ । पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गर्ने योजना बनाएको सूचना आएको बताएका छन् ।
बिहीबार गृहजिल्ला पश्चिमनवलपरासीमा संचारकर्मीसँग कुरा गर्दै नेता त्रीपाठीले यस्तो बताएका हुन् ।
‘कात्तिक महिनाभित्र महाधिवेशन सकेर बैशाखमा चुनाव गराउने योजनामा देउवा रहेको मैले पाइरहेको छु ।’ उनले भने ।
त्यस्तै उनले देउवा नेतृत्वको सरकार धेरैसमयसम्म नटिक्ने पनि ठोकुवा गरेका छन् ।