काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो भनाइ लेख्दै सांसद् थापाले ध्याना कर्षण गराएका हुन् ।
सांसद् थापाले संसदमा उठेका प्रश्नहरूको एक-एक जवाफ कुराबाट नभई कामबाट दिन ध्यानाकर्षण गराएका छन् ।
सांसद् थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई मेन्सन संसदमा उठेका हरेक प्रश्न गम्भीरतापूर्ण लिनुपर्ने बताएका छन् ।
‘@PM_nepal_ संसदमा उठेका यस्तो हरेक प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ र उत्तर दिनुपर्छ । तर, कुराबाट होइन कामबाट !!’ सांसद थापाले भने ।