अत्यधिक वर्षाका कारण चीनमा थप २१ को मृत्यु, चार बेपत्ता-Sutra News

अत्यधिक वर्षाका कारण चीनमा थप २१ को मृत्यु, चार बेपत्ता

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

चीन- चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण २१ जनाको मृत्यु भएको छ ।



वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन् ।

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरुले शुक्रबार जानकारी दिएका छन् ।

वर्षाका कारण आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरुले बताएका छन् ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट