काठमाडौं- नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने माग राख्दै २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । उनीहरूको राजीनामालाई सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन् ।
पार्टीको विधान संशोधन गर्ने क्रममा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने र पाउनुहुन्न भन्ने विवाद भएको थियो ।
‘विधानले सबै तहको समान व्यवस्था गर्ने गरी व्याख्या गरियोस्, केन्द्रीय समितिका पधाधिकारी, सदस्यहरू,महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, गाउँ-नगरपालिका सभापति, वार्ड सभापतिसमेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्यहरूलाई आ-आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वत प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस्,’ सामूहिक राजीनामा पत्रमा भनिएको छ ।
१. कुमार खड्का
२. बालकृष्ण पाण्डेय
३. किरणराज शर्मा पौडेल
४. सुधीरकुमार शिवाकोटी
५. ध्रुव वाग्ले
६. शम्भुलाल श्रेष्ठ
७. मोहनसिंह राठौर
८. आनन्द विष्ट
९.जनकराज कलौनी
१०. कृष्णकिशोर घिमिरे
११. मनोहरनारायण श्रेष्ठ
१२. भूमिबहादुर (विश्व) गुरुङ
१३. राजेश बहादुर सिंह
१४. रमा कोइराला पौडेल
१५. दयाराम पाण्डे
१६. गोपालकुमार बस्नेत
१७. दिलीप राई
१८.अभिषेख प्रताप शाह
१९. नरेन्द्रकुमार चौधरी
२०. हसन अन्सारी
२१. नन्दनकुमार दत्त
२२. आशाराम चौधरी