स्वास्थ्यः अत्यधिक पानी पिउँदा के हुन्छ ?-Sutra News

स्वास्थ्यः अत्यधिक पानी पिउँदा के हुन्छ ?

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

काठमाडौं- मानव शरीरमा पानीको मात्रा बढी हुन्छ । हाम्रो शरीरका हरेक अंग, कोशिकाले राम्रोसँग काम गर्नको लागि पानीको प्रयोग गर्छन् । त्यसैले हामीले शरीरलाई चाहिने पर्याप्त पानी पिउनुपर्छ । कम्तिमा ३ देखि ४ लिटर पानी दैनिक पिउनुपर्छ । 



तर कतिपय व्यक्तिले दिनमा कम्तिमा ३ लिटर पानी पिउने लक्ष्य निर्धारित गर्दा अत्यधिक पानी पिउने गर्छन् । फाइदा गर्छ भनेर हामीले अत्यधिक पानी पिउँदा त्यसले बेफाइदा हुन पुग्छ । हामीले दैनिक खाने गरेको खानाबाट पनि पानी प्राप्त हुने कुरा बिर्सिनु हुँदैन । अत्यधिक पानी पिउनाले ओवरहाइड्रेसन हुनसक्छ । 

कसरी थाहा पाउने ओवरहाइड्रेसन भएको ?

पिसावको रङ  

अत्यधिक पानी पिए नपिएको थाहा पाउने उत्तम विकल्प भनेको पिसावको परीक्षण गर्नु हो । यदि पिसाव गाढा पहेंलो छ भने शरीरमा पानीको कमी भएको हुन्छ । यो एक किसिमको नराम्रो संकेत हो । पानीको कमीले डिहाइड्रेट भएको हुन्छ ।

हाम्रो पिसाव हल्का पहेंलो हुनुपर्छ । जसले हाम्रो शरीरमा पानीको सन्तुलन ठिक अवस्थामा रहेको जनाउँछ । त्यसैगरि पिसाव पानी जस्तै पारदर्शी छ भने अत्यधिक हाइड्रेटेड भएको बुझिन्छ । यस्तो अवस्थामा पानी पिउने तरिकामा नियन्त्रण गर्न आवश्यक हुन्छ । 

बारम्बार पिसाव लाग्नु

पानीको अत्यधिक सेवन रातको समयमा बारम्बार पिसाव आउने कारण बन्छ । धेरैजसो व्यक्तिहरु दिनमा ६ देखि ८ पटकसम्म पिसाव फेर्छन् । तर दिनमा दश पटकभन्दा बढी जानु परेमा शरीरमा आवश्यकताभन्दा बढि पानी पिएको बुझ्नुपर्छ । 

थकान महसुस हुनु

अत्यधिक पानी पिउनाले हाइपोनेट्रेमिया हुन्छ । यस्तो अवस्थामा उर्जामा कमी, अनिन्द्रा र थकान महसुस हुन्छ । 
हातखुट्टा सुन्निनु

पानीले शरीरको इलेक्ट्रोलाइट सन्तुलनमा राख्छ । इलेक्ट्रोलाइट अनिवार्य रुपमा हाम्रो उर्जा स्तरलाई उच्च राख्न मद्दत गर्छ । हामीले अत्यधिक पानी पिउँदा यसको सन्तुलन बिग्रन्छ । हामीमा इलेक्ट्रोलाइटको असन्तुलनको अनुभव भएपछि हात, खुट्टा, ओठ सुन्निन्छन् ।

टाउको दुखाई 

ओवरहाईड्रेसनको कारणले हाम्रो रगतमा सोडियमको स्तर घट्न सक्छ । हाइपोनेट्रेमिया नामक स्थिति उत्पन्न हुनसक्छ । टाउको दुखाई, मस्तिष्कमा हानी, नर्भसनेस, बान्ता र झाडापखाला यसका लक्षण हुन् । 

कमजोर मांसपेशी 

अत्यधिक पानी पिउनुको कारणले इलेक्ट्रोलाइटको स्तर घट्छ, जसकारण शरीरको सन्तुलन बिग्रन्छ । जसकारण हातखुट्टाका मासंपेशी दुख्ने, काप्ने हुन्छन् । यो समस्या शारीरिक थकावट सम्बन्धित नभएर ओवरहाइड्रेसनको संकेत हुनसक्छ ।  अनुवाद 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट