‘महंगा’ नायक अनमोल केसी : चलचित्रमा कमजोर अभिनय तर फिल्म खेल्न शर्तै-शर्तको पहाड-Sutra News

‘महंगा’ नायक अनमोल केसी : चलचित्रमा कमजोर अभिनय तर फिल्म खेल्न शर्तै-शर्तको पहाड

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

चलचित्र होस्टेलबाट डेब्यु गरेका अनमोल केसीले त्यसपछि आफ्नो करियरमा छुट्टै फड्को मारे ।



व्यवसायीक हिसाबले सफल चलचित्र दिएका अनमोलको अभिनय र चलचित्र छनोटलाई लिएर उनका दर्शक भने उनीसँग खुसी  छैनन् ।

चलचित्र क्षेत्रमा अनमोललाई बेला बेलामा नातावादको उत्पादन भनेर ट्याग लागिरहन्छ । उनले प्रस्तुत गर्ने कमजोर अभिनय र भूमिकालाई लिएर यस्तो टिप्पणी हुने गरेको उनका आलोचकहरू बताउँछन् ।

उनले पछिल्लो समय आफ्नै होम प्रोडक्सनबाट मात्र चलचित्र गरिरहेका छन्, भने बाहिरी ब्यानरमा सुहाना इन्टरटेन्मेन्टमा मात्र संलग्न भएका छन् ।

सुहाना इन्टरटेन्मेन्ट आईसकेपछि उनले आफ्ना केही ट्रेन्ड चाहिँ परिवर्तन गरेका छन् । अरु ब्यानरमा बिरलै काम गर्ने, पुन: एकै नायिकासँग सहकार्य नगर्ने, अनि पुन: एकै निर्देसकसँग काम नगर्ने जस्ता केही शर्तहरू उनले तेर्स्याउने गरेका छन् ।

उनले उनको पहिलो चलचित्रमा नायिका प्रकृति श्रेष्ठसँग स्क्रिन साझेदारी गरेका थिए, जेरीमा नायिका आना शर्माको जोडी थिए, चलचित्र गाजलुमा नायिका सृष्टि श्रेष्ठसँग जोडी बाँधेका नायक केसीले, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँग चलचित्र ड्रिममा काम गरेका थिए ।

क्याप्टेनमा उपासना सिंह ठकुरी र चलचित्र कृमा नायिका अदिती बुढाथोकीसँग पनि उनको केमेस्ट्री देख्ने मौका पाइएको थियो । 

यसरी कहिले शर्त तोडेर त कहिले उच्च पारिश्रमिक लिएर अनमोल प्राय: चर्चामा आउने गर्छन् । भर्खरै मात्र निर्माण घोषणा गरिएको चलचित्र ‘एक्स ९’मा भारि रकम पारिश्रमिकस्वरूप लिएपछि यतिबेला अनमोलको यत्रतत्र चर्चा चलेको छ ।

यसरी अनमोल बेलाबेलामा उनले राख्नेका रेकर्ड, शर्तका कारण चर्चामा आए पनि पछिल्लो समय उनले देखाएको प्रस्तुति फरक र अब्बल भएन भने अबका दिनमा उनको करियरले कुन मोड लिने हो भन्न सक्ने अवस्था छैन ।

अनमोल केसी नेपाली दर्शकलाई हलसम्म ल्याउने कलाकारको रुपमा चिनिने गर्छन । उनिले गर्ने गेटअपदेखि बोलीचालीको प्रशंसा गर्ने दर्शक भने एकै किसिमको अनमोलका अवतारलाई हेरेर दिक्क भैसकेका छन् ।

आशा छ, आगामी चलचित्रमा उनलाई फरक रुपमा पस्किने आँट गर्नेछन् निर्माता निर्देशकले ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट