काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेस गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पङ्क्तिलाई परिचालित हुन निर्देश गरेका थिए ।
दाहालले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।
बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं संवर्द्धनका विषयमा छलफल भएको थियो ।