किमाथाङ्का- सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाईंलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए ।
प्रहरी टोलीले चापागाईंको घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ ।