आफ्नै बाबुले चलाएको भरुवा बन्दुकको गोली लागेर छोराको मृत्यु-Sutra News

आफ्नै बाबुले चलाएको भरुवा बन्दुकको गोली लागेर छोराको मृत्यु

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

पाल्पा- आफ्नै बाबुले चलाएको भरुवा बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ ।



मकैबारीमा आएको स्याल धपाउन भरुवा बन्दुक पड्काउँदा बारीमा काम गरिरहेका छोराको बन्दुकको गोलीको छर्रा लागि मृत्यु भएको हो ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-६ का ठिमुरे तल्लो तालका ३५ वर्षीय धनबहादुर लम्तरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।

शुक्रबार बाबु कर्णबहादुर लम्तरीले बेलुका ६ बजे मकैबारीमा आएको स्याललाई धपाउन भरुवा बन्दुक पड्काएका थिए ।

स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि नजिकै मकै बारीमा काम गरिरहेका छोराल धनबहादुरलाई लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट