नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसमा गर्ने प्रस्ताव गरिएको छ ।
शनिबार काठमाडौँमा बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव अघि सारेका हुन् ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गरेका छन् ।
आइतबार बिहान पुन बैठक बस्ने छ भने समूहगत छलफल पनि हुनेछ ।