मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर मृत्यु-Sutra News

मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर मृत्यु

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

मार्तडी- बाजुराको बडीमालिका नगरपालिका-७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।



मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् ।

आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टङ्कराज पण्डितले राससलाई जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार बिहान ७:०० बजेतिर घरबाट निस्केर खाना खाने बेला नआएपछि खबर गर्दा मृत्यु भएको अवस्थामा फेला पारेको पण्डितले बताए । सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट