शक्तिशाली भूकम्पको धक्का महसुस-Sutra News

शक्तिशाली भूकम्पको धक्का महसुस

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

एजेन्सी- हैटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ ।



अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीकाअनुसार यस घटनामा १८ सयभन्दा धेरैजना घाइते छन् ।

शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पुर्याएको थियो ।

यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् । प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् ।

उनले यस भूकम्पका कारण ठूलो क्षति भएको बताए । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु छ ।

यसअघि सन् २०१० मा पनि हैटीमा यस्तै प्रलयकारी भूकम्प गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट