अंग्रेजको शासनबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा स्वतन्त्रता दिवस मनाउँदै भारत-Sutra News

अंग्रेजको शासनबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा स्वतन्त्रता दिवस मनाउँदै भारत

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

काठमाडौं- अंग्रेजको शासनबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा छिमेकी मुलुक भारतमा अमृत महोत्सव मनाइरहेको छ ।



प्रधानमन्त्री नरेन्द्र मोदी बिहानै राजघाट पुगेर महात्मा गान्धीको समाधिमा फूल चढाएर उनको समाधिको परिक्रमा गरेका छन् ।

प्रधानमन्त्री मोदीले आइतबार बिहान ट्वीट गर्दै स्वतन्त्रता दिवसको बधाई दिए । उनले स्वतन्त्रताको अमृत महोत्सवले यो वर्ष देशवासीमा नयाँ ऊर्जा र नवचेतनाको सञ्चार होस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री मोदी आजै लाल किल्लामा आयोजना हुने मुख्य समारोहमा सहभागी हुनेछन् । भारतको झण्डा फहराएपछि देशको नाममा सम्बोधन गर्नेछन् ।

ओलम्पिक पदक विजेता खेलाडीहरु पनि आज लाल किल्लामा उपस्थित हुनेछन् । आज पहिलोपटक एयरफोर्सको हेलिकप्टरले फूल पनि बर्साउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट