काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा बिहान ११ बजे सुरु हुने भएको छ । आजको बैठकमा समूहगत रुपमा तयार गरिएको सुझाव प्रस्तुत गर्ने र सोमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।
यसअघि केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा विभाजन गरी पार्टी अध्यक्षको प्रतिवेदनमाथि छलफल गराइएको थियो । आजको बैठकमा सबै समूहहरुबाट छलफलको निष्कर्षको रुपमा रिपोर्ट प्रस्तुत गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शनिवारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकको अजेन्डा प्रस्तुत गरेका थिए । आजको बैठकले समूहगत सुझावमा आएको सुझावका आधारमा प्रतिवेदनलाई संशोधन गरिनेसमेत प्रवक्ता श्रेष्ठको भनाइ छ ।
हिजोको बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वद्र्धनका विषयमा छलफल भएको थियो ।