मुटुरोगबाट बच्न खानपिनमा ध्यान दिनुहोस्-Sutra News

मुटुरोगबाट बच्न खानपिनमा ध्यान दिनुहोस्

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

तनहुँ- जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले मुटुरोगबाट बच्न खानपिनमा ध्यान दिनुपर्ने बताएका छन् ।



“खानपानकै कारण हामीले रोगलाई निम्त्याइरहेका छौँ”, उनले भने, “अस्वस्थ खानपानलाई छाड्न सके रोगबाट बच्न सकिन्छ ।”

नेपालमा पनि बालबालिकादेखि वृद्धवृद्धासम्म मुटुरोग बढ्दै गएको अवस्थामा ९५ प्रतिशत मुटुका बिरामीको नेपालमै उपचार हुने व्यवस्था रहेको उनले औँल्याए ।

राज्यले मुटुरोगको उपचारका लागि निःशुल्क व्यवस्था गरे पनि प्रक्रिया झन्झटिलो रहेकाले मानिस पैसा तिरेर अन्यत्र अस्पताल धाउनुपरेको उनले बताए ।

निःशुल्क मुटु परीक्षण कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रीय महासचिव प्रा.डा. रेग्मीले चुरोट र सुर्ती सेवन स्वास्थ्यका लागि अत्यधिक हानिकारक रहेको बताए ।

मानिसमा जाँड, रक्सीको तुलनामा सय गुणा बढी असर धुम्रपानले गर्ने हुँदा यसतर्फ सचेत हुँदै वर्षमा कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गर्न उनले जोड दिए ।

मानिसमा हृदयघात हुनुभन्दा पूर्व मुटुमा पीडा हुने, पसिना आउने, वाक्वाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, चक्कर लाग्नेलगायतका लक्षण देखिने हुँदा समयमै सचेत भई नजिकको स्वास्थ्य संस्थामा जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट