पोर्न फिल्म निर्माणको लफडामा किन परिन् अभिनेत्री चोपडा ?-Sutra News

पोर्न फिल्म निर्माणको लफडामा किन परिन् अभिनेत्री चोपडा ?

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

पोर्न फिल्म निर्माणको लफडामा अभिनेत्री शर्लिन चोपडा परेकी छन् । उनलाई सोधपुछका लागि प्रोपर्टी सेलको अफिसमा बोलाइएको थियो ।



उनले राज कुन्द्राको कम्पनी ‘आर्म्सप्राइम मिडिया’सँग काम गरेकी थिइन् । करारमा का गर्दै आएकी शर्लिनलाई अहिले सोधपुछ भइरहेको भारतिय मिडियाले जनाएका छन् ।

करार अन्तर्गत भारतभन्दा बाहिर रहेका कम्पनीका केही एपलाई अश्लीलल सामग्री उपलब्ध गराइन्थ्यो भन्ने आरोप उनमा छ ।

केहि दिन अघि शर्लिनले पनि राज कुन्द्रामाथि विभिन्न आरोप लगाएकी थिइन् ।

उनले राज कुन्द्राले आफुलाई वयस्क फिल्ममा काम गर्न उक्साएको आरोप लगाएकी छन् । साथै फिल्ममा सबैभन्दा पहिलो एउटा रोलका लागि शर्लिन एप्रोच गरिएको र पछि वयस्क सामग्री निर्माण गर्ने अफर गरिएको उनको आरोप छ । उनका अनुसार राजले उनलाई ’हटसट’ एपका लागि सुटिङ गर्न भनेको तर त्यसलाई शर्लिनले अस्वीकार गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट