हाइटीमा शक्तिशाली भूकम्प, झन्डै साढे २ सय बढीको मृत्यु-Sutra News

हाइटीमा शक्तिशाली भूकम्प, झन्डै साढे २ सय बढीको मृत्यु

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

हाइटीमा ७.२ म्याग्निच्युडको भूकम्प गएपछि कम्तीमा २२५ जनाको मृत्यु भएको छ ।



हाइटीको राजधानी पोर्ट-औ-प्रिन्सबाट ७.५ माइल पश्चिममा रहेको पेटिट ट्रो डे निपेस शहरबाट पाँच किलोमिटर टाढाको ठूलो भूकम्पको धक्का महशुस भएको थियो ।

भूकम्पको धक्का महशुस भएपछि घर तथा भवनहरु भत्किने डरले मानिसहरु ठाउँ सर्न बाध्य रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

हाइटीमा यसअघि पनि शक्तिशाली भूकम्प गएको थियो । सन् २०१० मा गएको भूकम्पमा परेर कम्तीमा पनि ३ लाख मानिसहरुले ज्यान गुमाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट