काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले समयमा नै महाधिवेशन गर्न नसकेर नयाँ कार्यतालिका सार्वजनिक गरेसंगै नेता पौडेलले आफू पक्षका नेताहरुलाई बैठकमा बोलाएका हुन् ।
बैठक केहीबेरमा रामचन्द्र पौडेल निवास बोहोराटारमा बस्ने एक नेताले जानकारी दिए । आजको बैठकमा अबको रणनीतिबारे छलफल हुने बताइएको छ ।
पछिल्लो समय पौडेल पक्ष र देउवा पक्षबीच मतभेद सुरु हुन लागेको विश्लेषण नेताहरुले गर्दै आएका छन् । समयमा नै महाधिवेशन नभए पौडेल पक्षले देउवालाई भदौ २३ पछि सभापति मान्न नसकिने बताएका थिए ।
समयमा नै महाधिवेशन हुन नसकेपछि पौडेल पक्षले केही कदम चाल्छन् की भन्ने आशंका व्यक्त गरिएको छ ।