काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा नेताहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे प्रष्ट पार् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग माग गरेका छन् ।
पछिल्लो समय माओवादीले एमसीसी सम्झौता अनुमोदन गर्न नचाहेको नेताहरुले बताउँदै आएका छन् । केही दिन अगाडी काँग्रेसका सभापति शेरबहादुर देउवाले साझा न्युनतम कार्यक्रममा एमसीसी उल्लेख गर्न चाहेको तर प्रचण्डले नमानेको बताइएको थियो ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको छ ।
माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफल भएको र टोली नेताले आफनो सुझाव राख्ने कार्यसूची छ ।
अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । समूहका नेताले प्रतिवेदनमाथि धारणा राख्नेछन् । यसअघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो ।