लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले छिट्टै नै विश्वासको मत लिने भएका छन् ।
नेकपा एमालेबाहेकका दलको गठबन्धनबाट मुख्यमन्त्री भएका केसीले आफूलाई बलियो देखाउन छिट्टै नै विश्वासको मत लिन थालेका हुन् ।
साउन २७ गते शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेशमा संविधानको धारा १६८ (२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।