अफगानिस्तान संकट- अमेरिकाले हेलिकप्टरबाट ओसार्दै दूतावासका कर्मचारी-Sutra News

अफगानिस्तान संकट- अमेरिकाले हेलिकप्टरबाट ओसार्दै दूतावासका कर्मचारी

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

तालिबानी लडाकु अफगानिस्तानको राजधानी काबुल छिर्न थालेपछि अमेरिकाले आफ्ना दूतावासका कर्मचारीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरेको छ ।



तालिबान काबुल छिरिसकेको भएपनि अहिलेसम्म भीडन्त भने भएको छैन । आफूले बिना कुनै भीडन्त काबुल कब्जामा लिने तालिबानले विज्ञप्तिमार्फत जनाएको छ ।

राष्ट्रपति कार्यालयले भने सुरक्षा स्थिति सामान्य रहेको जनाएको छ ।

राष्ट्रपति अस्रफ घानीले शनिबार आफू स्थानीय नेता तथा अन्तर्राष्ट्रिय साझेदारहरुसँग परिस्थितिको विषयमा परामर्श गरिरहेको बताएका थिए । त्यसयता उनको कुनै थप बयान आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट