तालीबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपतिले बोलाए आपतकालीन बैठक-Sutra News

तालीबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपतिले बोलाए आपतकालीन बैठक

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

अफगानिस्तानको राजधानी काबुल शहरमा विद्रोही तालीबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् ।



तालिबानी लडाकु अफगानिस्तानको राजधानी काबुल छिर्न थालेपछि अमेरिकाले आफ्ना दूतावासका कर्मचारीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरेको छ ।

तालिबान काबुल छिरिसकेको भएपनि अहिलेसम्म भीडन्त भने भएको छैन । आफूले बिना कुनै भीडन्त काबुल कब्जामा लिने तालिबानले विज्ञप्तिमार्फत जनाएको छ ।

राष्ट्रपति कार्यालयले भने सुरक्षा स्थिति सामान्य रहेको जनाएको छ ।

राष्ट्रपति अस्रफ घानीले शनिबार आफू स्थानीय नेता तथा अन्तर्राष्ट्रिय साझेदारहरुसँग परिस्थितिको विषयमा परामर्श गरिरहेको बताएका थिए । त्यसयता उनको कुनै थप बयान आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट