गण्डकीका मुख्यमन्त्रीलाई एमालेको खबरदारी-Sutra News

गण्डकीका मुख्यमन्त्रीलाई एमालेको खबरदारी

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले ) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ ।



एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र  प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो ।

 सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्ययोजनालाई निरन्तरता दिएको जानकारी दिए । उनले भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको र  रु ३८ अर्बको बजेट रु ३० अर्बमा खुम्चिएको जानकारी दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले अघिल्लो सरकारले ल्याएका कार्यक्रम रातो किताबमा समेटिएको र केही छुटेको भए पुनः अध्ययन गरेर अघि बढ्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट