हेटौंडा- बागमती प्रदेशसभा बैठक भाद्र १ गते बस्ने भएको छ । सोमबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र भाद्र १ गते मंगलबार दिनको २ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताएका छन् ।
चालु वर्षमा प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । यसैगरी उच्च शिक्षा सम्बन्धी विधेयक र पर्यटन सम्बन्धी विधेयक यसअघि प्रदेशसभामा दर्ता भएको थियो ।
चालु वर्षको नीति तथा कार्यक्रम र बजेट पास गरेसँगै पहिलो पटक प्रदेशसभा बैठक बस्न लागेको हो । प्रदेशसभामा आवश्यक बिजेनेश नभए आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिन सक्ने मन्त्रालयका सहसचिव नारन पोखरेलले बताए । उनकाअनुसार प्रदेश अनुसन्धान ब्यूरो सम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पठाइएको छ ।