अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे-Sutra News

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

काठमाडौं- अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । 



विद्रोही संगठन तालिबानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

तालिबानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

बीबीसीकाअनुसार दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबाबमा थिए ।

केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन् ।

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट