बेलायतमा सार्वजनिक गरियो गीत ‘बैगुनी’ [भिडियो]-Sutra News

बेलायतमा सार्वजनिक गरियो गीत ‘बैगुनी’ [भिडियो]

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

काठमाडौं- कलाकार दिपक मैथाने मगरले नयाँ गीत ‘बैगुनी’ सार्वजनिक गरेका छन् । एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथि तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले भिडियो सार्वजनिक गरेका हुन् ।



भिडियोमा आवद्ध प्राविधिक एवं कलाकारहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । बेलायतमा छायांकन गरिएको भिडियोमा वरिष्ठ कलाकार मनिष श्रेष्ठ, पहिलो मिसेस युके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय रहेको छ ।

लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको उक्त गितमा मैथानेकै शब्द श्रृजना रहेको छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन् । नेपालको गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका मैथाने व्यस्थ समयका बावजुत पनि निरन्तर समर्पित छन् ।

‘बैगुनी’ को निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । करिव डेढ दशकदेखि पत्रकारिता सँगसँगै भिडियो निर्देशनमा पाइला चालेका निर्देशक कुशलकै छायांकन र सम्पादन रहेको भिडियोको कलरिङ् नवीन निरौलाले गरेका हुन् ।

बेलायतका रमणीय र प्रसिद्ध स्थानहरुमा छायांकन गरिएको भिडियोमा प्रेम विछोडमा हुने विभिन्न ढङ्गबाट निर्देशक कुशलले गज्जबसँग भिडियोमा देखाएका छन् ।

भिडियो कलाकार मैथानेकै अफिसियल च्यानल मैथाने इन्टरटेनमेन्ट मार्फत युट्युबबाट रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट