‘इन्डियन आइडल’को १२ औं सिजनको उपाधि पवनदीपले जित-Sutra News

‘इन्डियन आइडल’को १२ औं सिजनको उपाधि पवनदीपले जित

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

काठमाडौं- भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जितेका छन् ।



राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जितेका हुन् । उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ ।

अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बनेका छन् । उनीहरु आइतबार राति भएको ग्रान्ड फिनालेमा विजेता घोषित भएका थिए ।

१२ घण्टासम्म चलेको ग्रान्ड फिनालेमा राती अबेर विजेता घोषणा गरिएको थियो । २४ वर्षे पवनदीप गायनका साथै वाद्यवादनमा समेत पोख्त छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट