काठमाडौं- देशभर सोमबार सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार मनसुनी न्यून चापिय रेखा तराई भू-भाग नजिक रहेको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
हाल प्रदेश २, प्रदेश ५ र बागमती प्रदेशको तराई भू-भाग तथा यसका आसपसका क्षेत्रहरुमा मेघ चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । अहिले यो प्रणाली सक्रिय हुने क्रममा नै रहेको छ । अन्य स्थानका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । @NDRRMA_Nepal pic.twitter.com/zpwcLd5lB2
— Nepal Weather Forecast (@DHM_Weather) August 16, 2021