रक्तपात रोक्न देश छाडें- असरफ घानी-Sutra News

रक्तपात रोक्न देश छाडें- असरफ घानी

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

अफगानी राष्ट्रपति अस्रफ घानीले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको बताएका छन् ।



सामाजिक सञ्जालमा स्टाटस लेख्दै घानीले अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख गरेका छन् ।

‘उनीहरु अब नयाँ ऐतिहासिक परीक्षामा छन् । या त उनीहरुले अफगानिस्तानको नाम र सम्मानलाई रक्षा गर्ने छन् या अन्य स्थान र नेटवर्कहरुलाई प्राथमिकता दिनेछन् ।’ उनले भनेका छन् ।

तालिबानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

बीबीसीकाअनुसार दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबाबमा थिए ।

केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट