अफगान विमानस्थलमा देखिएको कारुणिक दृश्य (भिडियोसहित)-Sutra News

अफगान विमानस्थलमा देखिएको कारुणिक दृश्य (भिडियोसहित)

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुल कब्जाको प्रयास गर्न खोज्दा देशका मानिसहरुको भागाभाग चलेको छ ।



तालिबानका लडाकुहरु काबुल प्रवेश गरेका छन् ।

तालिबानले तोर्खाम सीमा पार गरेको छ तालिबान लडाकूहरु काबुलको बाहिरी इलाकामा प्रवेश गरेपछि आतंकित मानिसहरु भागेका छन् ।

विमानस्थलमा एउटा यस्तो दृश्य देख्न सकिन्छ, जहाँ मानिसहरु भाग्न कष्ट गरिरहेका छन् ।

यसअघि नै राष्ट्रपतिले देश छाडेका छन् ।

अहिले विद्रोही तालिबान समूहले अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेको छ । उनीहरूले राष्ट्रपति कार्यालयमा प्रवेश गरेपछि युद्ध सकिएको घोषणा गरेका हुन् ।

अलजजिरा न्यूज नेटवर्कको एक भिडियोमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनभित्र देखिन्छ । अर्को फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।

तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’

विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट